
वीरगंज – नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमिति लगायतले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । सोमबार नागरिकता विधेयक संसद्मा फिर्ता पठाएको विरोधमा नेपाली कांग्रेस पर्साले राष्ट्रपतिको राजीनामा माग गर्द वीरगञ्ज नगर परिक्रममा गरेको हो ।
सोमबार नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति मो.सहाबुद्दीनको नेतृत्वमा बिरोध ¥यली निकालिएको हो । बिरोध ¥यली नगर परिक्रमा गरी घंटाघरमा आएर कोणसाभा परिणत भएको थियो ।

सार्वभौमसत्ता सम्पन्न संसदबाट पास भई प्रमाणीकरणका लागि पठाइएको विधेयक विभिन्न अराजनीतिक बहाना र प्रपञ्च देखाई प्रमाणीकरण बिना प्रतिनिधि सभामा फिर्ता पठाएको भन्दै बिरोध ¥यली निकालिएको हो ।
राष्ट्रपतिको यो कार्यलाई नागरिकताविहीन नेपाली जनतामाथिको अपमानको संज्ञा दिएको छ । राष्ट्रपति भण्डारीले पटक पटक राजनीतिक पूर्वाग्रहपूर्ण व्यवहार तथा निर्णयहरू गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

विरोध कार्यक्रममा ऊर्जा तथा खाने पानी मन्त्रि ओमप्रकाश शर्मा, नेपाली कांग्रेसका पर्साका उपसभापति रामनारायण कुर्मी, नेपाली कांग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ता, सहसचीव मदन राउत अहिर, मधेश प्रदेश कार्यसमिति सदस्य लोकनारायण महाधिबेशन प्रतिनिधिहरू ओमकृष्ण लमीछाने ,नरेन्द्र शाह र रामरूप कुर्मी लगायतको उपस्थित रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।