२०८० आश्विन ६ शनिबार

होटलमा महिला पुरुष मृत फेला, युवतीको हत्या गरी आफू आत्महत्या गरेको अनुमान

बुटवल : बुटवलको फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा एक महिला र एक पुरुष मृत फेला परेका छन्।  होटलको कोठामा रक्ताम्य अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ्ग  कुमपुर-५ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन्।

युवतीको नाम पुष्पा भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न नसकेको प्रहरीको भनाई छ। उनको घर दाङ्ग रहेको बताइएको छ। मृतक महिलाका श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार युवती पलङ्गमा उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक घिमिरेले बताए। उनका अनुसार उनीहरु आइतबार राती त्यही होटलमा बस्न आएका थिए।

२०७९ श्रावण ३१, मंगलवार १३:०७ गते 1 Minute 123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार