
वीरगञ्ज – पर्सा प्रहरीले बिल बिजकभन्दा फरक सामानहरू ढुवानी गरेको भेटिएपछि एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
चामलको बिल भएको र राजश्व छलेर चोरी–पैठारी गरी ल्याइएका सुर्ती, चेरी पान मसला र चैनी पान मसला बोकेको ट्रकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकबाट ना. ८ ख ३४२६ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीका अनुसार उक्त मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा ट्रकमा लोड गरिएका चामलको बिल मात्र साथमा रहेको तर सूर्तीजन्य वस्तु पनि लोड गरेको पाइएको थियो ।
यस क्रममा १६ बोरा सूर्ती, १४ बोरा चैनी पान मसला तथा १० बोरा चेरी पान मसला ट्रकमा ढुवानी गरेको बताइएको छ ।
उक्त ट्रकलाई नियन्त्रणमा लिई ३८ लाख ६० हजार १०० मुल्य बराबरको सामग्री बरामद गरी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।