
वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवामा विवाह भनवको शनिवार उद्घाटन गरीएको छ ।
वडा नम्बर २४ रामगढवा स्थित कुर्मी सेवा सदनको प्राङ्गणमा एक करोड दस लाखको लागतमा निर्माण भएको विवाह भवन शनिवार मधेस प्रदेश सभा सदस्य रमेश प्रसाद कुर्मीले उद्घाटन गरेका हुन् ।
उक्त विवाह भवन, प्रदेश सभा सदस्य कुर्मीको संसदीय कोषबाट निर्माण गरीएको हो ।
विवाह भवन निर्माण भएपछि छोरीचेलीको विवाह गर्न वा कुनै किसिमको गाउँको भोजभतेर आयोजना गर्न खर्चिलो नपर्ने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।