
वीरगंज – रोट्रयाक्ट क्लव अफ यूनाइटेड विरगंजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२१/२२ का अध्यक्ष अमित सर्राफले २०२२/२३ का अध्यक्ष अभिषेक सर्राफलाई पद हस्तान्तरण गर्नुभएको हो । शनिवार विरगंजको टाउन हलमा भएको कार्यक्रममा सर्राफले सर्राफलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गर्नुभयो ।
राेटेरियन सुरेश गोर्खालीले क्लबका अध्यक्ष अभिषेक सर्राफकाे सपथ ग्रहण गराएका थिए भने अध्यक्ष अभिषेक सर्राफले क्लबका पदाधिकारी र रोटेरियन अनिल जैसवालले सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । पद ग्रहण गर्दै अध्यक्ष अभिषेक सर्राफले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा वर्ष २०२१/२२ का अध्यक्ष अमित सर्राफले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर,रोट्रयाक्ट ऑफ ईयर,एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि माओबादी केन्द्रका महानगर अध्यक्ष रह्बर अन्सारीले क्लवमा आबद्ध युवाहरुले व्यक्तित्व विकास सँगै समाजमा उदाहरणीय कामहरु गर्न सुझाउनुभयो । नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैँ सहकार्य गरेर अगाडि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि डीएसपी निर्मल बुढाथोकी,अथिति बाईपास दैनिकका प्रबन्ध निर्देशक धिरज दारुक,वडा ६ का वडा अध्यक्ष जयप्रकाश शाह अग्रवाल,डॉ सरोज रोसन दास, रोट्रयाक्ट डिष्ट्रिक पब्लिक रिलेशन अफिसर रो रजीश कलवार ,रोटरी नेपाल लिटरेसी मिसन चेयर रो आयुष गुप्ता र रोट्रयाक्ट क्लवका विभिन्न अध्यक्ष लगायत उपस्थिति रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।