
काठमाडौं : रोटर्याक्ट क्लब अफ काठमाडौंद्वारा आयोजित एक हप्ता लामो ‘फोटोकारखाना नामक फोटोग्राफी तालिम’ अगस्ट १९ देखि अगस्ट २५ सम्म सम्पन्न भएको छ । २० जना सहभागीको उपस्थिति रहेको उक्त तालिम रोटरी हल, थापाथलीमा सम्पन्न भएको छ। उक्त तालिम रबिनसन महर्जन र उहाको टोलिले दिनुभएको कुरा आयोजकले जनाएको छ ।
सात दिनको तालिम अवधिमा फोटोग्राफी र क्यामेरा ह्यान्डलिङको परिचय, एक्सपोजर त्रिकोण (आई.एस.ओ , शटर स्पीड, एपर्चर), डिजिटल कार्यप्रवाह (लाइट-रूम र एम्प; फोटोशप), नैतिकता र समीक्षा भन्ने कुरामा केन्द्रित रहेर निरन्तर अभ्यास सहित तालिम संचालन भएको थियो । साथै प्रशिक्षकको रोहबरमा सहभागीहरुले पाटन दरबार स्क्वायर र स्वयाम्भुनाथ मा गइ फोटोग्राफी वाल्क पनि गरेका थिए।
कार्यक्रमको अन्तिम दिन सकारात्मक प्रतिक्रिया सहित सहभागीहरुले आफ्नो अनुभव सुनाएका थिए र अन्त्यमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेर कार्यक्रम सम्पन्न गरिएको थियो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।