
हेटौंडा – हेटौंडामा हुन लागेको नेपालभरका रोटऱ्याक्ट क्लवका अध्यक्ष र सचिवको भेला ( पी / एस मिट) को तयारी तीव्र पारिएको छ । यही भदौ २५ गते बागमती प्रदेशको राजधानी हेटौंडामा रोटऱ्याक्टका अध्यक्ष र सचिवहरुको भेला हुँदैछ । रोटऱ्याक्ट डिष्ट्रिक्ट ३२९२ (नेपाल भुटान) को आयोजनामा देशभरका १७६ वटा रोटऱ्याक्ट क्लबका अध्यक्ष र सचिवहरुको भेला हुनेछ ।
रोटऱ्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदीपकुमार राईका अनुसार भदौ २५ गते देशभरका अध्यक्ष, सचिव र अन्य अतिथि गरि करिब ९ सय देखी एकहजार जना रोटरी तथा रोटयाक्ट क्लवका प्रतिनिधिहरु सहभागिता हुनेछन् । भेलाको आयोजक रोटऱ्याक्ट क्लब अफ मकवानपुर र रोटऱ्याक्ट क्लब अफ हेटौडा रहेको छ। भेलामा क्लबले वर्षभरी गरिएको कार्यको समिक्षा र भावी कार्य योजनाका बारेमा बृहत क्षलफल हुनेछ।
कार्यक्रममा करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । हरेक वर्ष आयोजना हुने गरेको यो भेला गतवर्ष पोखरामा भएको थियो । अहिले हेटौँडामा पहिलो पटक भेला आयोजना गर्न लागिएको हो । यस कार्यक्रमका लागि मकवानपुरमा रहेका दुइवटा रोटरीले समेत आवश्यक सहयोग एवम् समन्वय गरिरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।