२०८० आश्विन ६ शनिबार

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न 

भैरहवा । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्डको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष ०२१/०२२ का अध्यक्ष दिक्षा सुनारले वर्ष ०२२/०२३ का अध्यक्ष दिपेन्द्र चौधरीलाई पद हस्तान्तरण गरेका छन् ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रोट्रयाक्ट डिस्ट्रक ३२९२ नेपाल भुटानका डिष्ट्रिक्ट गभर्नर इलेक्ट राजेन्द्र धोजुले समाज रुपान्तरणको अभियानमा युवाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध नेपालको निर्माण युवाहरुबाट मात्र सम्भव भएको भन्दै देशभित्र युवाहरुलाई संगठित गरी सामाजिक कार्यमा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट रोट्रयाक्ट रिप्रिजेन्टेटिभ लक्ष्मण खरेलले सामाजिक उत्तरदायित्वलाई नभुली सामाजिक कार्यमा लाग्न युवाहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा डिष्ट्रिक्ट कमिटी सर्भिस चेयर कृष्ण पाण्डे, जोन १८ का जोनल रोट्रयाक्ट रिप्रिजेन्टेटिभ बिरु कुमार गुप्ता, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष शिव गौडेल लगायतले निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

रोट्रयाक्ट क्लब अफ बौद्ध ल्याण्डका वर्ष २१/२२ का अध्यक्ष दीक्षा सुनारले आफ्नो कार्यकालमा गरिएका सामाजिक कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिँदै आफ्नो कार्यकालमा आफुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

क्लबको उक्त पदस्थापना कार्यक्रममा लुम्बिनी ज्ञानज्योति स्कुल, फ्युचर लाइट इङ्गलिस हाई स्कुल, चौधरी ईलेक्ट्रोनिक, एनोदर बेस्ट स्कुल, वी वेव क्रफ्टर, स्वास्तिक सफ्टवेयर एण्ड आइटी सोलुसन, श्रद्धा प्रिन्टीङ प्रेस, साइग्लोबल हाइयर सेकेण्डरी बोर्डिङ् स्कुल, फोर स्क्वायर रेस्ट्रो एण्ड पार्टी प्यालेस, जय मा दुर्गा फर्निचर सप्लायर्स, द फेसन हब, गोम लर्निङ्ग सेन्टर, रोज चौधरी सु-सेन्टर, न्यु जिगज्याग फेसन कलेक्सन लगायत संघसंस्थाहरुको आर्थिक सहयोग रहेको थियो ।

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड वर्ष २२/२३ का उपाध्यक्ष विकास तिवारी, सचिव निकिता सुनारको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका ज्वाइन्ट सर्जेन्ट एट आर्म रितु पाण्डेको स्वागत एवं क्लबका सह-सचिव सुनिल सुनारको धन्यवाद मन्तव्य रहेको थियो ।

२०७९ भाद्र १६, बिहीबार १२:२० गते 1 Minute 95 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार