२०७९ मंसिर १७ शनिबार

पर्साकाे क्षेत्र नम्बर ३ बाट संघीय सांसदमा चाैधरी र प्रदेशतर्फ सिंहको नाम सिफारिस

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको नाम सर्वसम्मत सिफारिस गरिएको छ ।

शनिबार बसेको कांग्रेस क्षेत्रीय समितिको बैठकले क्षेत्रीको नाममा सर्वसम्मत सहमति जुटाएर प्रत्यक्षतर्फ एकल नाम सिफारिस गरिएको क्षेत्रीय सभापति श्रीकृष्ण चौहानले जानकारी दिए ।

क्षेत्री गएको २०७४ को निर्वाचनमा त्यही क्षेत्रमा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रह्लाद गिरिसंग झिनो मतान्तरले पराजित भएका थिए । गिरी अहिले पार्टी चाहार्दै फेरि एमाले प्रवेश गरेका छन् ।

यस्तै बैठकले पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा प्रत्यक्ष तर्फ पूर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरीको नाम पनि सर्वसम्मतले सिफारिस गरेको छ ।

२०७९ भाद्र १८, शनिबार २३:१४ गते 0 Minutes 564 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?