२०७९ मंसिर १७ शनिबार

पर्सा क्षेत्र नम्बर ४ काे सांसदका लागि नेता रिजालको एकल नाम सिफारिस

वीरगञ्ज – नेपाली कांग्रेसले पर्साको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि पार्टीका केन्द्रीय सदस्य रमेश रिजालको एकल नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ को आइतबार बसेको क्षेत्रीय समिति बैठकले रिजालको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति श्रीकान्त यादवले जानकारी दिए ।
गएको २०७४ को निर्वाचनमा कांग्रस नेता रिजाल तत्कालिन राष्ट्रिय जनता पार्टी हालका लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णको निकटतम प्रतिद्वन्दी थिए ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार अहिले क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको अवस्था अन्यको तुलनामा बलियो देखिएको छ ।

आउँदो मंसिर ४ मा हुने निर्वाचनमा पनि उक्त क्षेत्रबाट विजयी बनाउने गरी केन्द्रीय पहुँच भएका नेता रिजालको नाममा सर्वसम्मत सहमति गरेर नाम सिफारिस गरिएको क्षेत्रीय सचिव बलिष्टर अहमदले बताए ।

बैठकमा जिल्ला, क्षेत्र तथा प्रदेश क्षेत्रका पदाधिकारी, ६ वटै पालिका र ३२ वटै वडाका सभापति, पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

२०७९ भाद्र १९, आईतवार १९:१९ गते 0 Minutes 300 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?