२०८० आश्विन ६ शनिबार

जगरनाथपुरमा १२ कक्षा पास गरेका विधार्थीहरु अध्यक्ष यादवबाट पुरस्कृत

वीरगंज – पर्साकाे जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानीमा रहेकाे श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाइ सम्मान गरिएको छ ।

विद्यालय मै मङ्गलबार आयाेजित कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले कक्षा १२ काे परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ३ जना छात्र र ३ जना छात्राहरुलाई सम्मान गरेका हुन् । त्यस अवसरमा गाँउपालिका अध्यक्ष यादवले विधालयका शिक्षकहरुलाई पनि खादा लगाएर सम्मान गरेका थिए ।

त्यसैगरी कार्यक्रममा कक्षा १२ उर्तिण अन्य विद्यार्थीहरुलाई पनि डायरि र पेन दिएर पुरस्कृत गरिएको बलिस्टर अहमदले जानकारी दिए ।

कार्यक्रममा बाेल्दै गाँउपालिका अध्यक्ष यादवले कक्षा १२ पास गरेका छात्र छात्राहरुकाे आगामी उच्च शिक्षाको सफलता र उज्वल भविष्यकाे लागि शुभकामना दिए । उनले शिक्षा क्षेत्रकाे सुधार र विकास आफनाे मुख्य प्राथमिकतामा रहेकाे बताउदै यसमा आफुले कुनै सम्झौता नगर्ने पनि बताए ।

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उप-प्रमुख बबिता सिंह, प्रमुख प्रशाकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष बिहारी महतो नुनिया, शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक नयाजुदिन मिया तेलि, नेपाल विधार्थी संघका गाँउपालिका सभापति मन्जय गिरि लगायतकाे पनि सहभागीता रहेको थियो ।

२०७९ भाद्र २१, मंगलवार २१:४० गते 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार