
काठमाडौं । श्रीलंकामा जारी साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ ।
खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा राति ८ बजे सुरु हुनेछ । भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ । आज नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र भारत सेमिफाइनल प्रवेश गर्नेछन् ।
नेपालले शुक्रबार भारतसँग समूहको अन्तिम खेल खेल्नेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।