
वीरगञ्ज । युवा नेता ओम प्रकाश सर्राफले वीरगञ्जमा हालै स्थापना गरिएको मधेश विश्व विद्यालयको उद्घाटनलाई “चुनावी स्टन्ट” मात्र भएको आरोप लगाएका छन् ।
मधेश र मधेशी हकहित, मधेश मुद्दा लगायतको पक्षमा खुलेर वकालत गर्दै आउनु भएका युवा नेता ओम प्रकाशले सामाजिक संजाल फेसबुकमार्फत त्यस्तो आरोप लगाएका हुन् । उनले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, “मधेश विश्वविद्यालयले पूर्णता लेओस्, शुभकामना छ ।
मधेश विश्वविद्यालयको वीरगञ्जको भिस्वा होटेलमा समुदघाटन भएको छ रे । अब हाम्रो स्थानीय विद्यार्थीहरु भिस्वा होटल जस्तो थ्री स्टार होटेलमा अध्यन गर्न पाउने भय त ठिकै हो । तर एउटा उत्कृष्ट विद्यालय जत्तिको पनि बजेट नभएको, बिना पुर्वाधार, बिना जनशक्ति र आवश्यक तयारी बिना नै समुदघाटन गर्न हतार किन रु के आजै देखि अध्यनरअध्यापन सुरु हुने हो ?”
नेता सर्राफले सो पोष्टमा अगाडी लेखेका छन्,”चुनावको मुखमा यो पनि चुनावी स्टन्ट मात्रै हो । मधेसको नाम जोडेर यसलाई पनि दर्जनौं पोखरी जस्तै अलपत्र छाडने प्रोपोगन्डा हो।”
“नियत र नियति ठिक भएको भए पाँच वर्ष पहिलादेखि नै तयारी थालेर अहिले केहि ब्याच अध्यन रअध्यापन सुरु भैसक्नु पर्थ्यो । मधेश प्रदेशको एउटा कुनै विद्यालयलाई समेत नमुना र उत्कृष्ट बनाउन नसक्नेहरुसंग ब्यवस्थित विश्वविद्यालयको आशा र अपेक्षा गर्न सकिंदैन।
“चुनाव खतम, पैसा हजम, बात खतम”
“बिना_तयारी_उदघाटन_ चुनावी_स्टन्ट।”
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।