२०८० आश्विन ५ शुक्रबार

रोटर्याक्टको अध्यक्ष सचिव भेलाको तयारी पुरा

मकवानपुर । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफ मकवानपुरको संयोजनमा हेटौंडामा हुन लागेको अध्यक्ष–सचिव भेला(पिएस मिट)को तयारी पुरा भएको छ ।

रोटर्याक्ट क्लव अफ हेटौंडा र मकवानपुरले पत्रकार सम्मेलन गरि अध्यक्ष–सचिव भेलाको तयारी पुरा भएको जानकारी दिएको हो । भाद्र २५ गते हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा हुन लागेको देशैभरिको रोटर्याक्ट क्लबको अध्यक्ष–सचिवको भेलाको तयारी पुरा भएको हो ।

पत्रकार सम्मेलनमा रोटर्याक्ट डिष्ट्रीक्ट ३२९२ का डि आर आर लक्ष्मण खरेल, रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष सुएस राज पराजुली लगायतको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमले हेटौंडा र हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरुलाई देशैभरी थप पहिचान मिल्ने विश्वास लिएको रोटर्याक्ट क्लव अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले बताए । हरेक रोटा वर्षको पहिलो त्रैमासिकमाआयोजना गरिने अध्यक्ष सचिवको भेलाले रोटर्याक्टसँग सम्बन्धीत विभिन्न मुद्धाहरु तथा प्रस्तावहरुमा छलफल गरिने अध्यक्ष राईले जानकारी दिए ।

कार्यक्रमले विभिन्न रोटर्याक्ट क्लवहरुसँग सञ्जाल बनाउन तथा आत्मियता बढाउन पनि मद्धत पुग्ने उनको भनाई रहेको छ । कार्यक्रममा रोटर्याक्ट क्ल्व अफ बुटवल साउथ, रोटर्याक्ट क्लव अफ युनाइटेड बिरगञ्ज र रोटर्याक्ट क्लव अफ बर्दिबासले सह संयोजन गरेको छ । कार्यक्रमको लागि महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गरेको रोटर्याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष मिलन ढकालले जानकारी दिए ।

त्यसैगरी सागर डिष्टिलरी, युनिलिभर नेपाल प्रा.लि., स्मार्ट स्टडी, कान्तिपुर म्यानेजमेन्ट, एभरेष्ट कलर, एमएम पोलिमर्स, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, जोभियल, कफिबार लगायतले सह प्रायोजन गरेको अध्यक्ष ढकालले बताए ।

हेटौंडा उपमहानगरपालिका, रोटरी क्लव अफ हेटौँडा र रोटरी क्लव अफ मकवानपुरले पनि आवश्यक साथ र सहयोग गरिरहेको उनको भनाई छ । करिब १ हजार जना रोटर्याक्टरहरुको सहभागिता रहने कार्यक्रमा २० लाख रुपैयाँ लागत अनुमान रहेको आयोजकले बताएको छ ।

२०७९ भाद्र २३, बिहीबार १९:३० गते 0 Minutes 164 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार