२०८० आश्विन ५ शुक्रबार

लोसपाबाट पर्सा १को (ख)मा सर्राफको नाम सिफारिस

वीरगंज – मंसिर ४ गते हुने प्रदेश सभा सदस्यका लागि लोकतान्त्रिक समाजवादी पार्टी जिल्ला कार्यसमिती पर्साले निर्वाचन क्षेत्र नं १ को (ख) बाट ओमप्रकाश सर्राफको नाम सिफरिस गरेको छ । जिल्ला कार्यसमितिका उपाध्यक्ष राजेश साहको अध्यक्षमा (बिहीवार ) बसेको बैठकले प्रदेश सभा सदस्यका लागि ओमप्रकाश सर्राफको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

पार्टीको विधिविधान र मर्यादाको पालना गर्दै सक्रिय रुपमा समाज र पार्टीको प्रचार प्रसार र समाजमा समाजिक अभियन्ताको नामले चिनपरिचित रहेका सर्राफको नाम सिफरिस भएको अध्यक्ष साहले बताएका छन । पछिलो निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं १ को (ख) बाट निर्वाचित प्रधेश प्रदेसका मुख्यमन्त्री लालबाबु राउत गद्दी विभिन्न काण्डमा मुछीर भ्रष्टाचारी भएको अरोप लगाउदै सर्राफले भ्रष्टाचारी मुक्तअभियान सुरु गरेको उनले बताएका छन ।

स्थानियले आफुलाई माग गरेको आधारमा आफु सिफरिस भएको सर्राफको भनाई रहेको छ ।ओमप्रकाश सर्राफ अबको पालो यूवालाई हाम्रो होईन राम्रोलाई ” नारा सहीत चुनावी प्रचारमा लागेको उनका प्रचारकहरुले बताएका छन ।

२०७९ भाद्र २४, शुक्रबार ०९:१३ गते 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार