
वीरगञ्ज – नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पर्साको १६ औं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
वीरगञ्जकाे होटेल सिटि प्यालेसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) पर्साको १६ औं जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
अधिबेशनले रेयाज अन्सारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा अजित साह, सचिवमा पवन यादव, सहसचिवमा सोनी सरार्फ, पुकार सुवेदी, रामकुमार पटेल र कोषाध्यक्षमा जयन्ती चौधरी चयन भएका छन ।
रेयाज अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष उमेश आचार्य, स्थायी कमिटी सदस्य त्रिलोक सिंह ठकुरी, मधेस प्रदेश संयोजक अन्जना सिवाकोटी, केन्द्रिय सदस्य मेराजुल हवारी, नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हाजरा, एमाले नेता एवं वीरगञ्ज महानगरपालिकाका पुर्व मेयर वीजय सरावगी, मधेस प्रदेश सदस्य शम्भु गुप्ता, वीरगञ्ज महानगरपालिकाका सचीव सुन्दर कुर्मी लगायतका नेताहरु सहभागी थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।