२०७९ मंसिर १७ शनिबार

बिहेको १० वर्ष पछि ललिताले एकै पटक जन्माइन् तीन छोरा

वीरगञ्ज – पर्सामा एक जना महिलाले एकै पटक ३ वटा छोरालाई जन्म दिएकी छिन् । पर्सागढी नगरपालिका वडा नम्बर ९ निवासी ललिता देवी थरुनीले एकैपटक ३ वटा छोरालाई जन्म दिएकी हुन् ।

वीरगञ्जको पानीट्यांकीस्थित प्रभु हस्पिटलकी सञ्चालिका एवम् स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा नेतृत्वको समूहले शल्यक्रिया गरेपछि ३ वटा छोरा सकुशल रुपमा जन्मिएका हुन् ।

प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बालरोग विशेषज्ञ डा. नविन झा, स्टाफ नर्स रमिता गिरी, अनिल पटेल मेनुका घिमिरे, पचिया खातुन, कृष्ण ठाकुर लगायतको समूहले थरुनीको शल्यक्रिया गरेको हो ।

शल्यक्रिया अत्यन्तै जोखिमपूर्ण भएपनि आमा र ३ वटै बच्चाको स्वास्थ्य अवस्था सामानय रहेको डा. लक्ष्मी थापाले बताइन् । १० वर्षसम्म पनि कुनै सन्तान नभएपछि आईभिएफ प्रविधिको प्रयोगबाट गर्भ बसेको थरुनीका श्रीमान बृज चौधरीले बताए ।

२०७९ भाद्र २६, आईतवार १७:३४ गते 1 Minute 543 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?