२०८० आश्विन ५ शुक्रबार

मन्त्री राईको निर्देशनमा नेपालगञ्जका पाँच चोकमा ट्राफिक सिग्नल

नेपालगञ्ज । सहरीकरणसंगै सवारी साधन अत्याधिक बढ्दै जाँदा नेपालगञ्जका प्रमुख चोकहरुमा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेकोले सो समाधानका लागि उपमहानगरका प्रमुख पाँच चोकमा ट्राफिक सिग्नल लाईट जडान गरिने भएको छ ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री माननीय मोहम्मद ईश्तियाक राईले आफ्नो मन्त्रालयबाट नेपालगञ्जका पाँच अतिव्यस्त चोकका लागि पाँचवटा ट्राफिक सिग्नल लाईट जडान गर्ने निर्णय गरेर सो जडानका लागि टेण्डर समेत आह्वान गरिसकिएको छ ।

शनिवार प्रकाशित गरिएको टेण्डर अनुसार नेपालगञ्जको अति व्यस्त मानिने गणेशमान चौक, बिपी चौक, धम्बोझी चौक, पुष्पलाल चौक र रांझा (एयरपोर्ट) चौक गरी ५ ठांउमा ट्राफिक सिग्नल लाईट जडान हुनेछ ।

ट्राफिक सिग्नल लाईट जडान गरिएपछि ट्राफिक व्यवस्थापनमा निकै सहजता हुने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । जमुनाहादेखि कोहलपुरसम्मको रत्न राजमार्गमा लामो समयदेखि आकाशे पुल निर्माण र ट्राफिक सिग्नल लाईट जडान गर्नु पर्ने माग स्थानीयद्धारा गरिंदै आएको थियो ।
तर, बाँके क्षेत्र नम्बर २ का सांसद राई भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएको सानो समयमै यी दुबै माग पुरा भएका छन् । पाँच ठाउँमा आकाशे पुल निर्माणको मन्त्री राईले शिलान्यास समेत गरिसकेका छन् भने ट्राफिक सिग्नल लाईट जडानको शिलान्यास पनि केही दिनमा गरिने भएको छ ।

मन्त्री राईले डुडुवा गाउँपालिकामा पाँच वटा पक्की पुलसंगै हुलाकी राजमार्गमा रहेको डुडुवाको पुल र राप्ती नदीमा नयाँ पुल निर्माणको पनि शिलान्यास गरिसकेर प्रक्रिया अगाडी बढेको सडक डिभिजन तथा हुलाकी राजमार्ग कार्यालयले जनाएको छ ।

उहाँ यसअघि सहरी विकास मन्त्री रहेको बेला पनि नेपालगञ्जमा ५२ वटा सडकहरुसंगै हाइमास्ट लाइट, भेरी अस्पतालको अत्याधुनिक भवन, अत्याधुनिक सभाहलसंगै दर्जनौ मन्दिर, मस्जिद लगायतका धार्मिक स्थलहरुको पनि जिर्णोद्धार र निर्माण गराईसक्नु भएको छ ।

२०७९ भाद्र २६, आईतवार १०:२९ गते 0 Minutes 148 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार