
वीरगंज – वीरगंज महानगरपालिका वडा नम्बर ३१ चोर्नीस्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको बाल विकास केन्द्रमा अध्ययनरत एक सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
रोट्रयाक्ट क्लब अफ वीरगंज र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको सयुँक्त सहकार्यमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शिशु कक्षामा अध्ययनरत एक सय जना विद्यार्थीहरुलाई कपी, कलमसहितको झोला प्रदान गरिएको क्लबको सचिव सन्नि सर्राफले जानकारी दिए ।
रोट्रयाक्ट क्लब अफ वीरगंजका अध्यक्ष रोमित सिंहको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले मन लगाएर अध्ययन गर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । विशेष अतिथि रोट्रयाक्ट क्लब अफ कान्तिपुर की पूर्व अध्यक्ष सृष्ठी त्रीपाठी, डा. शास्वत प्रसाद, पूर्व अध्यक्ष तथा रोटरी नेपाल साक्षरता मिसनका चेयर आयुष गुप्ताले आफ्नो मन्तव्य राखनु भएको थियो ।
सोही अवसरमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले साईबर क्राइम, लैंगिक हिंसा, बाल दुव्र्यवहार,लागु औषध एवम् सडक सुरक्षाका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
कर्यक्रममा रोट्रयाक्ट क्लब ऑफ कान्तिपुरकी पूर्व अध्यक्ष सृष्ठी त्रीपाठी, रोट्रयाक्ट क्लब ऑफ विरगंजका पूर्व अध्यक्ष आयुष गुप्ता, विद्यालयका सहायक प्रधानाध्यापक मनोज कुमार यादव ,प्रशान्त सर्राफ, विवेक पटेललगायतको उपस्थिती रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।