२०८० मंसिर १६ शनिबार

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह रातिमै डोजर लिएर निस्के

काठमाडौँ  – वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सडक निर्माणको निम्ति रातिमै डोजर लिएर सडकमा उत्रिएका छन । नेपाल र भारतको सीमामा पर्ने मितेरी पुलदेखी वीरगंजको रजतजन्ती चौकसम्मको सडक निर्माणको लागि रातिमै डोजर लिएर मेयर सिंह सडक निर्माणको कार्यमा उत्रिएका हुन ।

व्यपारीक राजमार्गमा पर्ने उक्त सडकले गर्दा सर्वसधारणलाई सास्ती खेप्नु परेको गुनासो मेयर राजेशमान सिंह समक्ष पुग्नसाथ ठेकेदार कम्पनी र सडक बिभाग अन्तर्गत पर्ने व्यपारीक राजमार्गका योजना प्रमुख संग सहकार्य गर्दै सडक निर्माणको कार्यमा उत्रिएका छन । बिगत लामो समयदेखी उक्त सडकको कार्य अलपत्र रहेको कारण स्थानीय तथा पसल संचालकहरुका साथ साथै यात्रीहरुलाई समेत धुलोका कारण सास्ती खेप्नु परेको थियो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलमा निर्माण भइरहेको उक्त सडकले गर्दा स्थानीयहरु मेयर सिंहको कार्य सराहनीय रहेको बताएका छन । यता वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दशै अगावै मितेरी पुलदेखी रजतजन्ती चौकसम्म कालोपत्रे गरी निर्माण कार्य सम्पन्न हुने बिश्वास व्यक्त गर्नुभयो ।

उहाले यस अनलाइन संग कुरा गर्दै वीरगंज विकासको कार्यमा आफु पछि नहटेको र अगामी दिनहरुमा मुल सडकको कार्य समेत गराई राम्रो वीरगंज, स्वच्छ वीरगंज बनाउनमा कुनै कसर बाकी नराख्ने बताउनु भयो ।

२०७९ भाद्र २८, मंगलवार २३:४५ गते 1 Minute 319 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार