२०८० आश्विन ५ शुक्रबार

हण्ड्रेड्स ग्रुप पर्साद्वारा बाल दिवसकाे अवसरमा वक्तृत्वकला प्रतियाेगिता

वीरगंज – हन्ड्रेडस ग्रुप पर्साकाे आयाेजनामा मंगलबार वीरगंजमा “विद्यार्थी जिवनमा सामाजिक संजाल” विषयक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ ।

बाल दिवसकाे अवसरमा भएकाे प्रतियाेगितामा श्री त्रिजुद्ध महावीर प्रसाद रगुवीर राम माविका श्रेया राय प्रथम, सुर्जी देवी मावि  संदेश वास्तु द्वितिय र त्रिजुद्ध मावि कै दिपक कुमार यादव तृतिय भएकाे आयाेजक संस्था हन्ड्रेडस ग्रुप पर्साका संयाेजक बिक्की सर्राफले जानकारी दिए ।

वीरगंज पब्लिक कलेजकाे पुरानाे भवनमा भएकाे प्रतियाेगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश रु ५ हजार, ३ हजार र एक हजार नगदसहित पुरस्कृत समेत गरिएकाे संयाेजक सर्राफले वताए । सन्तावना पुरस्कार सुर्जी देवी माविकी संध्या साहलाई प्रदान गरिएकाे थियाे ।

हन्ड्रेडस ग्रुपका संयाेजक सर्राफकाे अध्यक्षता र जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगितामा नेपाली कांग्रेसकी नेतृ एवम् प्रध्यापक डा. सुस्मा तिवारी, पाेखरिया नगरपालिकाकी पूर्व उप मेयर सल्लमा खातुन, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विकाश मल्ल, दिलिप राज कार्की, राजन श्रीवास्तव, दिवेश गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

२०७९ भाद्र २८, मंगलवार १९:३७ गते 1 Minute 58 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार