२०८० आश्विन ५ शुक्रबार

नागरिकताविहीनहरुले माइतीघरबाट शीतल निवासमा दबाब दिने

काठमाडाैँ – प्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालय, शीतल निवासमा पठाइएको नागरिकता विधेयक तत्काल प्रमाणीकरण गराउन थप दबाबमूलक कार्यक्रम हुने भएको छ । नागरिकताविहीनहरूको पक्षमा आवाज उठाउँदै आएको नागरिकताविहीन संघर्ष समितिले भोलिदेखि निरन्तर दबाब दिन माइतीघर मण्डलामा विरोधका कार्यक्रम राखेको छ ।

समितिले भोलि दिउँसो १२ बजे सबै नागरिकताविहीनहरूलाई काठमाडौँको माइतीघरमा उपस्थित हुन आग्रह गरेको छ । उसले नागरिकता प्राप्तिको लागि यो नै अन्तिम संघर्ष भएकाले जसरी पनि काठमाडौँको आन्दोलनमा सहभागी हुन जानकारी गराएको हो ।‘आफ्नो हक अधिकारको लडाईंमा आफैं सहभागी बनौँ’ भन्दै समितिले भोलिबाट विशेष दबाबमूलक कार्यक्रम गर्ने उद्घोष गरेको छ ।

२०७९ भाद्र २९, बुधबार १३:०१ गते 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार