
वीरगञ्ज – वीरगञ्जको लिंकरोडमा बेस्ट फाइनान्स कम्पनी लिमिटेडको १७ औँ शाखा सञ्चालनमा आएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिँह र कम्पनीका अध्यक्ष खिमलाल पौडेलले सयुँक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
शाखाको उद्घाटन गर्दै मेयर सिंहले नाम जस्तै सेवाग्राहीको नजरमा पनि बेस्ट बनोस् भन्दै शुभकामना व्यक्त गरे । साथै कम्पनीले आफ्नो कर्तव्यसँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्न मेयर सिंहले सुझाव दिएका छन् ।
यसअघि १६ वटा शाखा विस्तार भइसकेपनि मधेश प्रदेशकै पहिलो शाखाको रुपमा वीरगञ्ज शाखा सञ्चालनमा आएको हो । आर्थिक कारोवारसँगै ऋण उपलब्ध गराउने एवम् नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने गरी शाखा सञ्चालन गरिएको बेस्ट फाइनान्स कम्पनी लिमिटेड वीरगञ्जका शाखा प्रमुख सबिर अन्सारीले जानकारी दिए ।
नेपाल सरकारबाट ‘ग’ वर्गको इजाजत प्राप्त कम्पनीले निकट भविष्यमै इटहरीमा पनि शाखा विस्तार गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष खिमलाल पौडेलको भनाई छ । १७ वटा शाखामा कम्तीमा प्रत्यक्ष रुपमा १ सय ५० जनाले रोजगारी प्राप्त गरेको कम्पनीका सञ्चालन प्रमुख राजेश पुरीले जानकारी दिए ।
शाखाको उद्घाटन कार्यक्रममा ओम्नी अटो मोवाइल्स् प्रा.ली.का प्रबन्ध निर्देशक सन्दिप मोहतासहित अन्य उद्योगी, व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।