२०८० चैत्र १६ शुक्रबार

राजनीति आडमा विद्यार्थीको भविष्यसँग खेलवाड गर्दै शिक्षक चौहान

वीरगंज – राजनीतिको आडमा एक स्थायी शिक्षकले स्कुललाई भताभुङ्ग बनाउन लागि परेको आरोप लागेको छ । पर्साको पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय फुलकौल भौराटारमा कार्यरत स्थायी शिक्षक रामजी प्रसाद चौहान राजनीतिक आडमा स्कूललाई भताभुङ्ग बनाउन कम्मर कसेर लागेको स्थानीहरुको आरोप छ । चौहान राजनीतिक आडको संरक्षणले विगत तीन महिनादेखि विद्यालयमा उपस्थित पनि भएका छैनन् ।

गत असार ६ गते देखिहालसम्म उनी स्कूलमा नगएको विद्यालयको हाजरी रजिष्टरबाट प्रष्ट हुन्छ । शिक्षक चौहान लामो समय देखि स्कूलमा अनुपस्थित हुँदा विद्यार्थीहरुको अध्ययन अध्यापन नै ठप्प भएको छ । विद्यालयमा जम्मा ४ जना शिक्षक छन् तर चौहान करिब ३ महिना देखि विद्यालयमा अनुपस्थित रहेकोले ३ जना शिक्षकले भरमा विद्यालय संचालन भइरहेको विद्यालयका प्रधानाध्यापक नरेश प्रसाद यादवले बताए ।

चौहानले श्रीमतिको उपचार गराउनु पर्ने भन्दै सामान्य निवेदन दिएर बिदा लिई उनी राजनीतिक दलको अधिकांश कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने गरेको स्थानीयहरुको भनाई छ । शिक्षक चौहान शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ बहदुरमाई नगरपालिकाका अध्यक्ष पनि हुन् । शिक्षक महासंघका अध्यक्ष नै यसरी गैरजिम्मेवार र लापरवाह भयो भने उनले कसरी अरु शिक्षकहरुलाई व्यवस्थापन र सुधार गर्लान ? उनीमाथि प्रश्न तेर्सिएको छ ।

शिक्षक चौहान राजनीतिक दलको आडमा स्कूलनै नगई तलब मात्र खाने दाउमा रहेकोले उनको तलब कुनै पनि हालतमा निकाशा नहुने स्कूलका प्रधानाध्यापक यादवले जानकारी दिए । शिक्षक चौहान विद्यालय भन्दा पनि राजनीतिक कार्यक्रममा बढि समय दिने गरेको तर तलब समयमा बुझ्न विभिन्न नेतासँग दबाब दिलाउने गरेको कारण उनी अहिले बसि बसि तलब बुझि रहेको अवस्थामा अब त्यस्तो हुन नसक्ने विद्यालयका प्रधानाध्यापक यादवको भनाई छ ।

उनी राजनीतिक दलको आडमा विद्यार्थीहरुको भविष्यसँग खेलवाड गरि रहेको बताइएको छ । शिक्षक चौहानलाई बारम्बार विभिन्न माध्यमबाट सम्पर्क गर्न खोजेपनि उनी सम्पर्कमा नआएको बताउदै प्रधानाध्यापक यादवको भनाई छ । अब उनी विरुद्ध लिखित रुपमै माथिल्लो निकायमा जानुपर्ने अवस्था पनि सृजना भएको यादवले बताए । शिक्षक चौहान गत असार ६ गते देखि नआएकोले उनको हाजिर समेत काटिएको छ ।

शिक्षक चौहानको अनुपस्थित बारेमा वडा नं. ७ को कार्यालय, पालिकाको शिक्षा शाखा, प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेती, मेयर, उपमेयरलाई समेत मौखिक रुपमा जानकारी गराई सकेको र अब लिखित रुपमै कारवाही प्रक्रिया अगाडि बढ्ने प्रधानाध्यापकले बताए । स्कूलमा विद्यालय व्यवस्थापन समिति पनि पूर्ण नरहेको देखिएको छ । बिगत २ वर्ष पहिले भएको अभिभावक भेलाबाट निर्मला देवी यादव, धुरेन्द्र पटेल, विनय प्रसाद यादव र रामवती देवी राम गरि ४ जना मात्र व्यवस्थापन समितिमा चयन भएका हुन् । विद्यालय व्यवस्थापन समिति पूर्ण नरहेकोले विद्यालयको भौतिक पूर्वाधार, पठनपाठन, व्यवस्थापन लगायतमा सुधार हुन नसेको प्रधानाध्यापक यादवको भनाई छ ।

शिक्षक चौहानलाई राजनीति नै गर्नु छ भने पहिला शिक्षकबाट राजीनामा दिनु अनि जे पनि गनुृपर्नेमा त्यसो नगरि विद्यालयबाट तलब पनि खाने, राजनीति पनि गर्ने एक तिरबाट दुईवटा निशाना लगाउने दाउमा रहेको स्थानीयहरुको भनाई छ । उनलाई राजनीति नै गर्नुछ भने कम्तिमा राजिनामा दिए, उनको ठाउँमा अन्य जनशक्ति भर्ना गर्न सकिन्थ्यो तर उनी राजिनामा पनि नदिएको कारण जनशक्तिलाई भर्ना गर्न समेत अवस्था नरहेको बताइएको छ ।

यस विषयमा बहुदरमाई नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवसँग बुझदा शिक्षक चौहानको बारेमा आफुलाई मौखिक रुपमा जानकारी आएको भन्दै लिखित रुपमा जानकारी आए कानुन बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।यता स्कूलको चौतर्फि विकासको लागि मैले विभिन्न निकाय, वडा र पालिकाबाट सक्दो सहयोग मागी स्कूलको विकासमा लाग्ने प्रतिबद्धता जनाए । त्यसैगरी बहुदरमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बिदुर प्रसाद उप्रेति सँग बुझदा शिक्षक चौहानले बिना कुनै जानकारी यति लामो बिदा बस्न नमिल्ने र स्कूलबाट लिखित रुपमा जानकारी आए शिक्षा नियमावली अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

२०७९ भाद्र २९, बुधबार २२:५४ गते 1 Minute 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार