२०८० आश्विन ५ शुक्रबार

पार्टीले अवसर दिए शिक्षा, स्वास्थ्य, राेजगारी र कृषिलाई प्राथमिकता दिन्छु :नेता साेनी

वीरगंज – जनता समाजवादी पार्टीका युवा नेता शिवजी प्रसाद सोनीले पार्टीले आफुलाई जिम्मेवारी दिए शिक्षा,स्वास्थ्य,रोजगारी र कृषि क्षेत्रको विकासलाई प्राथमिकता राखेर काम गर्ने बताएका छन् । पर्सा क्षेत्र नं. ३ को “ख” बाट जनता समाजवादी पार्टीबाट उम्मेदवारका लागि सिफारिसमा परेका नेता सोनीले समाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

सोनीले पार्टीले उम्मेदवारका लागि आफ्नो नाम सिफारिस गरेको तथा आफु पर्सा क्षेत्र नं. ३ को “ख” बाट बिधाकको सम्भावित उम्मेदवार रहेको बताउदै विकासका अन्य काम सहित शिक्षा,स्वास्थ्य,रोजागारी तथा कृषि क्षेत्र गरी चार वटा कामलाई सबै भन्दा बढी ध्यान दिने बताए । मधेशका नेताहरुको काम गर्ने शैलीमाथी नै असन्तुष्टी पोख्दै नेता सोनीले सबै कामहरु बैज्ञानिक तरिकाले गर्नु पर्ने आवश्यक रहेको कुरामा भिडियोमा जोड दिएका छन् ।

लामो समयदेखि मधेश आन्दोलन तथा मधेशको सवालका लागि जनता समाजवादी पार्टीमा रही काम गर्दै आएका सोनी युवा,बृद्ध,महिला तथा स्कुले वालवालिकाका बिचमा पनि निकै चर्चित रहेका छन् । उनी यस पटक पार्टीले युवा जुझारु तथा इमन्दार नेताहरुलाई टिकट दिनेमा आफु आशावादी रहेको वताउँदै आएका छन् ।

यस अघि पनि पार्टी र जनताको काममा निकै नै सक्रिय रहदै नेत पार्टीले उम्मेवारका लागि नाम सिफारिस गरेपछि चुनावी गतिबिधिमा निकै सकृय देखिएका छन् ।

२०७९ भाद्र ३०, बिहीबार २२:०७ गते 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार