
वीरगञ्ज – रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको सयुँक्त आयोजनामा स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।वीरगञ्जको रेल्वे माविमा रोटरी क्लबका अध्यक्ष सुरेश गोर्खालीको अध्यक्षतामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
महिनावारी र प्रजनन स्वास्थ्य, यौन शिक्षा तथा डेंगुसँगै हात धुने तरिकाका बारेमा नेशनल मेडिकल कलेजमा एमबीबीएस र नर्सिंग अध्ययनरत विद्यार्थीहरुले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रमानन्द प्रसाद गुप्ता, चाँदनी पाण्डे, सोनी यादव, अञ्जना लम्साल, मनोज जंग थापा, योगेन्द्र पन्त, अमितचाँद ठकुरी, प्रतिका महासेठ, ममता चौहान र सुजता काराखेतीले प्रशिक्षण दिएको रोटरी क्लबका कोषाध्यक्ष एवम् कार्यक्रमका संयोजक नन्दन चौरसिया ले जानकारी दिए ।
रोटरी क्लब अफ वीरगञ्ज तथा एडिजी रोटरी ३२९२ डा. आनन्द झाले कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यलाई सबैले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । स्वास्थयलाई लापरवाही गर्ने प्रवृति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसले गम्भिर किसिमका जटिलताहरु निम्तिन सक्नेतर्फ सचेत गराए । त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष जुवाहर प्रसाद गुप्ता, विद्यालयका प्रधानाध्यापक मुनीलाल कर्ण लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा क्लबका फाइनान्स डाइरेक्टर रौनक तुल्स्यान, पूर्व अध्यक्ष अमित शर्मा, ऋचा सर्राफ, आनन्द साह, प्रतिभा चौधरी, रेसु अग्रवाल लगायतको उपस्थिती रहेको रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलीसका उपाध्यक्ष दिपु वर्णवालले जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।