२०८० आश्विन ५ शुक्रबार

संविधान दिवसलाई लोसपाले विरोध दिवसका रुपमा मनाउने

वीरगञ्ज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संविधान दिवसलाई विरोध दिवसको रुपमा मनाउने भएको छ ।

बबरमहलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको लोसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । बैठकमा आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।

३ असोजका दिन देशले संविधान दिवस मनाउँदै आएको छ । तर, लोसपाले भने सँधै संविधान दिवसको दिन भने विरोध सभा गर्दै आएको छ । ३ असोज २०७२ मा नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएको दिन पारेर सरकारले सो दिन सार्वजनिक बिदासमेत दिने गरेको छ ।

२०७९ भाद्र ३१, शुक्रबार २३:२५ गते 1 Minute 78 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार