२०८० आश्विन ५ शुक्रबार

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डॉ गुप्ता प्रबल जनसेवा श्री पदकबाट विभूषित हुदै

काठमाण्डौ – वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबाेध गुप्ता प्रबल जनसेवा श्री पदकबाट विभूषित हुने भएका छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर गुप्तालाई प्रबल जनसेवा श्री पदकबाट विभूषित गर्ने घाेषणा गरेकी हुन् ।देशकाे अर्थतन्त्र उद्योग व्यवसायका माध्यमले याेगदान पुर्याएकाे भन्दै नेपाल सरकारकाे ३१ भदाैमा बसेकाे मन्त्रीपरिषद बैठककाे निर्णय अनुसार उक्त पदक डाक्टर गुप्तालाई प्रदान गर्न लागिएकाे हाे ।डाक्टर गुप्ता हालै उच्च अदालत अस्थायी इजलाश वीरगन्जकाे न्याय क्षेत्र समन्वय समितकाे सदस्यमा मनाेनित भएका छन् ।

उक्त पदकबाट वीरगंजकै उद्योगी अशाेक वैद्य, जितेन्द्र प्रसाद कलवार र वीरगंज हेल्थ केयर हस्पिटलका अध्यक्ष डाक्टर अबुल हैयस अन्सारी पनि विभूषित हुने भएका छन् ।

संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

२०७९ आश्विन ३, सोमबार ०९:३१ गते 1 Minute 88 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार