
वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ को कार्यालयले नाला अतिक्रमण गरेर निर्मित संरचना हटाउने अभियानलाई तिव्रता दिएको छ ।
वीरगञ्जको माइस्थानस्थित पराठा हाउस सोनारपट्टी गल्लीमा नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउनका लागि वडाअध्यक्ष जयप्रकाश शाह अग्रवालले सूचना जारी गरेका छन् ।
वडाअध्यक्ष अग्रवालले जारी गरेको सूचनामार्फत पराठा हाउस सोनारपट्टी गल्लीका नाला मर्मत तथा नालामाथि प्लेट राख्ने काम शुरु गर्न लागिएको हुँदा एक साताभित्र आफै हटाउन आग्रह गरिएको छ ।
नाला च्यापेर पर्खाल लगाएको पाइएको हुँदा सो क्षेत्रमा संरचना बनाएकाहरुलाई नक्सा पास, ब्लु प्रिन्ट, र टेस नक्सासहित आवश्यक प्रमाण लिएर वडा कार्यालयमा उपस्थित हुन पनि वडाअध्यक्ष अग्रवालले आग्रह गरेका छन् ।
पूरानो नियमानुसार ३ फिट र नयाँ नियमानुसार ५ फिट छोड्नुपर्ने नियमको अवज्ञा गरिएको पाइएको छ । आफै तोडफोड नगरेमा कानुनबमोजिम कार्यवाही हुनुका साथै तोडफोड गर्दा लागेको खर्च सम्बन्धित घरधनीसँग असुल उपर गरिने पनि सूचनामा भनिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।