२०८० आश्विन ५ शुक्रबार

जनकपुरधाममा लोसपाका नेता कार्यकर्ताहरूले जलाए राष्ट्रपति भण्डारीको पुत्ला

काठमाण्डौ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता कार्यकर्ताहरूले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् ।

दोस्रोपटकमा पनि नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै लोसपाका नेता कार्यकर्ताहरूले स्थानीय भानुचोकमा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेका हुन् ।

लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिको असंवैधानिक कदमकाविरुद्ध आफूहरूले उनको पुत्ला जलाएको बताए । उनले राष्ट्रपति भण्डारीले संविधानलाई अवज्ञा गरेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको जिकिर गरे ।

लोसपाका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीको राजीनामासमेत माग गरेका छन् ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरू बुधबारदेखि नै आन्दोलित भएका छन् । यसअघि लोसपाको नेता कार्यकर्ताहरूले बुधबार स्थानीय पिडारीचोकमा चक्काजाम गरेका थिए ।

प्रतिनिधिसभाले पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटकमा पनि प्रमाणीकरण नगरेपछि अहिले उनको व्यापक आलोचना भइरहेको छ ।

२०७९ आश्विन ६, बिहीबार २१:०३ गते 1 Minute 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार