२०७९ मंसिर १७ शनिबार

अल्पाइन स्कुलमा छात्रालाइ यौन र्दुव्यवहार गर्ने शिक्षक मियाँ पक्राउ

काठमाण्डौ – वीरगंजकाे श्रीपुरमा रहेकाे अलपाइन स्कुलमा शिक्षकले एक छात्रमाथी याैनजन्य दुर्व्यवहार गरेका छन् । दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेकाे छ ।

अलपाइन स्कुलमा अध्ययनरत एक बालिका माथि याैन दुर्व्यवहार गरेकाे आराेप नेपाली बिषयका शिक्षक ताज मियाँलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

अभिभावकले दिएकाे उजरिकाे आधारमा असाेज ५ गते मियाँलाई पक्राउ गरि अदालतबाट ५ दिनकाे म्याद थप गराई बाल याैन दुर्व्यवहार अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएकाे प्रवक्ता गिरिले जानकारी दिए ।

पिडित बालिका कक्षा ६ मा अध्ययनरत रहेकी छन् । शिक्षक मियाँले विद्यालयमा आफुलाई दुर्व्यवहार गरेकाे अभिभावलाई वताएपछि अभिभावकले प्रहरी कार्यालयमा उजरी दिएका थिए । त्यसपछि प्रहरीले शिक्षक मियाँलाई नियन्त्रणमा लिएर अनुसन्धान पक्रिया अगाडी बढाएकाे हाे ।

दुर्व्यवहार आराेप लागेका शिक्षक मियाँकाे स्थायी घर पर्साकाे बिन्दवासिनी गाउँपालिकाकाे वडा नं. ५ मा भएपनि उनी वीरगंज मै बस्दै आएका छन् ।

२०७९ आश्विन ८, शनिबार १५:१६ गते 1 Minute 2273 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?