२०८० आश्विन ५ शुक्रबार

बारामा एक जना नेपाली नक्कली नोट सहित पक्राउ

वीरगंज –  जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नेपाली रुपैया सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल स्थित जगदेव महतो नुनिया रहेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

बिशेष सुचनाको अधारमा कानूनबमोजिम महतोको घर खानतलासी गर्दा घर धनि जगदेव महतो नुनिया सुत्ने कोठामा रहेको बाँसको मचानमाथी रहेको ओच्छायानको मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको अवस्थामा नेपाली रु.१००० दरको नोट–८१ थान र रु.५०० दरको नोट–३ थान गरी ८२,५०० नक्कली नोट फेला परेकोले उक्त नोट सहित महतोलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको नुनिया माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

२०७९ आश्विन ८, शनिबार १९:४६ गते 0 Minutes 119 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार