२०७९ मंसिर १७ शनिबार

सशस्त्र प्रहरीद्वारा स्कार्पियो र मेशिन सहित विभिन्न सामान बरामद

वीरगंज – सशस्त्र प्रहरीले स्कार्पियो र प्रिन्टिङ्ग मेशिन सहित विभिन्न स्थानबाट सामान बरामद गरेको छ । राजस्व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर वीरगंज मातहतका बोर्डर आउट पोष्टबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले असोज १ गतेदेखि ७ गतेसम्मको अवधिमा विभिन्न स्थानबाट सामानहरु बरामद गरेको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साका प्रवत्ता सशस्त्र प्रहरी नायव उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीको टोलीले भन्सार प्रज्ञापनको म्याद नाघेको भारतीय स्कार्पियो र भन्सार छलि गरी भित्र्याउदै गरेको प्रिन्टिङ्ग मेशिन लगायतका विभिन्न सामान बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो । सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट बीआर ३० एइ ९१८९ नम्बरको भारतीय गाडी बरामद गरेको छ ।

त्यस्तै सिर्सिया बिओपीबाट प्रिन्टिङ्ग मेशिन बरामद गरेको छ । सशस्त्र प्रहरीले ५२ लाख सात हजार सात सय ३२ रुपैंया मूल्य बराबरको स्कार्पियो । प्रिन्टिङ्ग मेशिन, स्कुटर, मोटरसाईक, इलेक्ट्रोनिक सामान, लत्ताकपडा, मोबाईल पार्ट्स, किराना सामान, पटका, विभिन्न जडिबुटी लगायतका सामान पनि बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।

२०७९ आश्विन ९, आईतवार १७:२२ गते 1 Minute 69 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?