२०८० आश्विन ५ शुक्रबार

सशस्त्र प्रहरीद्वारा ठोरीबाट भन्सार छलीको सामान सहित मोटरसाईकल बरामद

वीरगंज – पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले भन्सार छली भित्र्याएको भाँडाकुँडा सहित एउटा मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापितको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँचको क्रममा ठोरी गाउँपालिका वार्ड नम्बर–५ बाघमोर्चा पुलबाट यूपी ५७ के ८५३५ नम्बरको भारतीय मोटरसाइकल सहित अठ्ठाइस हजार मूल्य बराबरको भाँडाकुँडा पक्राउ गरेको हो ।

बरामद गरिएको भाँडाकुँडा र मोटरसाइकल आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

२०७९ आश्विन ११, मंगलवार १७:२२ गते 1 Minute 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार