२०८० आश्विन ५ शुक्रबार

१६ थान मोवाईल फेला पारी इप्रका गाैशालाद्वारा धनिलाई धनिलाई बुझाइयो

वीरगंज – ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले १६ थाना माेबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएकाे छ । इप्रका गाैशालाका प्रहरी निरिक्षक रन्जन मिश्रकाे सक्रियातामा विभिन्न मितिमा विभिन्न स्थानबाट हराएकाे माेबाइलहरु सम्बन्धित धनिले पाएका हुन् ।

माेबाइल फाेन हराएको प्राप्त निवेदनको सम्बन्धमा इप्रका गाैशालाले खोजतलास गरी सम्बन्धित धनिलाई बुझाएपछि माेबाइल फाेन पाउनेहरु खुसि भएका छन् । माेबाइल फाेन हराएपछि पाउने आश मेटाएका माेबाइल धनिहरु माेबाइल पाएपछि खुशिल देखिएका थिए ।

बिभिन्न मितिमा बिभिन्न स्थानहरुबाट हराएकाे विभिन्न कम्पनीका महंगाे मोवाईल फोनहरु फेला पारेर सम्बन्धित धनिलाई बुझाइएकाे इप्रका गाैशालाका प्रहरी निरिक्षक मिश्रले वताए । माेहतरीसहित पर्सा, बारा, सर्लाही, जनकपुर लगायतका जिल्लामा चलाईरहेको अवस्थामा हराएकाे स्मार्ट फोनहरु फेला परेकाे प्रहरी  निरिक्षक मिश्रले जानकारी दिए ।

२०७९ आश्विन ११, मंगलवार २२:५८ गते 1 Minute 118 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार