२०८० आश्विन ५ शुक्रबार

तराजु छाडेर हलो बोक्न मलाई केही लाज छैन : रवीन्द्र मिश्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका छन् ।

बुधबार राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण समूहबीच भएको एकता घोषणा कार्यक्रममा उनले भने, ‘नाम र चुनाव चिह्नमा अल्झिएर केही हुन्न भनेर हलो बोक्ने निर्णय गरेँ ।

राप्रपासँग एकता हुने भएपछि केही साथीले तराजु छाडेर हलो बोक्ने निर्णय गरेको हो भन्दै ठट्टा गरेको भन्दै मिश्रले हलोले ६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने बताए ।

मिश्र अध्यक्ष रहेको विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु थियो । राप्रपाको भने हलो छ ।

‘६० प्रतिशत नेपालीको प्रतिनिधित्व गर्ने हलो बोक्न मलाई केही लाज छैन’ उनले भने ।

पार्टी एकता गर्दा दुई अध्यक्ष प्रणाली उपयुक्त नहुने भन्ने नेकपा एकता हुँदा र अन्य दलको एकताका क्रममा देखिएको भन्दै आफूहरु नयाँ प्रणालीमा गएको मिश्रले बताए ।

हरेक पार्टीमा द्वन्द्व हुने भन्दै मिश्रले तर नेतालाई बलियो बनाउनुपर्ने बताए ।

२०७९ आश्विन १२, बुधबार १५:२८ गते 0 Minutes 89 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार