२०८० आश्विन ५ शुक्रबार

प्रेस सेन्टर पर्साको आयोजनामा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

वीरगंज – प्रेस सेन्टर नेपाल पर्साको आयोजनामा बुधबार बडा दशैं, दिपावाली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष गोबिन्द देवकोटा,
प्रदेश सभा सदस्य पशमिना कादरी खातुन, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष शुबोध गुप्ता, उपाध्यक्ष अनिल पाटवारी, माधव राज पाल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल, नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण श्रेष्ठ, नेपाल पत्रकार  महासंघका केन्द्रिय सदस्य केशी लामिक्षाने, मधेश प्रदेशका महासचिव श्याम बंजारा, पर्सा अध्यक्ष अनुप तिवासी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना साटासाटसँगै वक्ताले पर्साको पत्रकारिताको प्रवृति बदल्नुपर्नेमा जोड दिएका थिए ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगरले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन प्रेस सेन्टर पर्साका सचिव शिवनाथ यादवले गरेका थिए ।

२०७९ आश्विन १२, बुधबार २१:४६ गते 1 Minute 87 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार