
काठमाडौं – वीरगञ्जबाट पैदल यात्रा गरेर दिल्ली पुगेका वीरगञ्ज २ छपकैयाका ३२ वर्षीय शेष मुनालाई जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले सम्मान गरेका छन् ।बुधबार आयोजित एक कार्यक्रमकाबीच बोगटीले पैदलयात्री मुन्नालाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।सम्मान पछि प्रहरी उपरिक्षक बोगटीले मुन्नाको साहसी कदमको प्रशंसा गर्दै उनको कार्यले नेपालको स्वाभिमान अझै बढेर गएको बताए ।
मुन्नाले २२ दिनमा ११ सय किलो मिटर पैदल यात्रा गरि भारतको राजधानी दिल्ली पुगेका थिए ।पैदाल यात्रामार्फत नेपाललाई विश्वसामु चिनाउन पाएको खुसी व्यक्त गर्दै मुन्नाले यसले आउँदा दिनमा देशका लागि अझै काम गर्ने प्रेरणा मिलेको पनि बताए ।
गएको साउन २१ गते वीरगञ्जबाट पैदल यात्रा थालेका मुन्ना २२ दिनपछि दिल्ली पुगेका थिए । वीरगञ्जबाट पैदलयात्रा सुरु गर्दा मुन्नालाई पर्साका प्रमुख जिल्ला अधिकारी, वीरगंज महानगरपालिकाका उपप्रमुख र समाजसेवी प्रकाश थारुले नेपाली झन्डा दिई बिदाइ गरेका थिए । दिल्ली पुगेपछि भारतका लागि नेपाली राजदूतले स्वागत तथा सम्मान गरेका थिए । मुन्नालाई दिल्लीका राज्यपाल, भारतीय सैनिक प्रमुख समेतले दिल्लीमा भव्य स्वागत तथा सम्मान गरेका थिए । १३ दिनको दिल्ली बसाइपछि मुन्ना वीरगञ्ज फर्केका थिए ।
भारतमा धेरैले सम्मान गरेको सम्झँदै उनले त्यहाँ पाएको सम्मानले आफू निकै उत्साही भए पनि नेपाल फर्केपछि भने यहाँका प्रतिनिधिले वास्ता नगर्दा मन खिन्न भएको बताए ।
अहिलेका वन मन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री आफ्नै क्षेत्रको रहे पनि उनीहरुले अहिलेसम्म पनि आफ्नो बारेमा कुनै खोजी नगर्दा निरासा उत्पन्न भएको भन्दै उनले अन्य संघसस्थाले पनि चासो नदिनु उदेग लाग्दो भएको बताए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।