
वीरगंज – पर्साकाे जगरनाथपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणकाे लागि शिविर संचालन गरेकाे छ । एनआइसि एशिया बैंक जगरनाथपुर शाखाकाे समन्वयमा गाउँपालिकाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।
वडाबाटै भत्ता वितरण सुरु भएपछि आफूलाई निकै राहत मिलेको र बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको लाभग्राहीहरुले वताएका छन् ।
ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वताए । उनले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि नागरिकको अनुहारमा खुसी देख्दा आफूहरूलाई थप खुसी मिलेको बताए ।
बैंककाे समन्वयमा लाभग्राहीहरुकाे सहजताकाे लागि वडा वडामा पुगेर भत्ता वितरण गर्न थालिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । उनले वडा नं. १ देखि वडा नं. ६ सम्म वडा मै पुगेर शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताए ।
वडा नं. १ काे वडा कार्यालय पिडारीगुठीबाट शक्रबारदेखि सरु भएकाे समाजिक सुरक्षा भत्ता वितरण हाल सम्म एक हजार भन्दा बढी लाभग्रहीहरुलाई वितरण गरिसकिएकाे लेखापाल संदेश कुशावाले जानकारी दिए ।
शिविरमा जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जष्ठ नगारिक एकल महिला र क तथा ख वर्गका अपाङ्ग लाभग्राहीहरुलाई भत्ता वितरण गर्न थालिएकाे उनले वताए ।
वडा नं. १ देखी ६ सम्मका सम्पुर्ण दलित बालवालिका (सामाजिक सुरक्षा भत्ता लाभग्राही)हरु तथा शिविरबाट सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्न छुट भएका लाभग्राहीहरुले एनआइसी एसिया बैंक शाखा कार्यालय जगरनाथपुरबाट कार्यालय समयमा भत्ता प्राप्त गर्न सक्ने गाउँपालिका कार्यालयले जनाएकाे छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।