२०८० आश्विन ५ शुक्रबार

नेपाल मेडिसिटी वयोद्या अस्पतालद्वारा विश्व मुटु दिवसको अवसरमा म्याराथुन तथा वाकथुन कार्यक्रम सम्पन्न

वीरगंज – विश्व मुटु दिवसको अवसरमा नेपाल मेडिसिटि बयोधा अस्पतालले म्याराथुन तथा वाकथुन कार्यक्रम सम्पन्न गरेको छ । ‘‘युज हार्ट फर एभरी हार्ट’’ भन्ने नारा सहित वीरगंजको घण्टाघर देखि नेपाल मेडिसिटि बयोधा अस्पतालसम्म ५ किलोमिटर खुल्ला दौड प्रतियोगिताको आयोजना गरिनुका साथै घण्टाघरदेखि नारायणी अस्पतालसम्म वाकथुन -याली निकालिएको थियो ।
-याली पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यलय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले व्यस्त जीवनशैली तथा अव्यवस्थित खानपानका कारण मुटु रोग नकै चुनौतिपूर्ण बन्दै गईरहेको बताए । मुटु शरिरको एक महत्वपूर्ण अंग भएकोले यसलाई स्वस्थ्य बनाई राख्न आफ्नो शरिरलाई थोरै समय दिनुपर्ने र चिकित्सकले दिएको सुझावहरुलाई मनन् गर्नुपर्ने बताए । यस्तैै मुटु रोग विशेषज्ञ डा. राधा भट्टराईले विश्वमा कोरोना महामारी जस्तै अहिले मुटुको कोरोनरी महामारी सुरु भईरहेको बताइन् । उनले विश्वमा १ करोड भन्दा बढि मानिसहरु मुटुको कारण ज्यान गुमाई रहेको भन्दै ति मध्ये ३१ प्रतिशत हाईपरटेन्सनका विरामीहरु रहेको बताइन् । उनले मुटुलाई स्वस्थ्य राख्न हाल बजारमा पाईने जंक फुडहरु, चिल्लो खानेकुराहरु कम खान र दैनिक व्यायाम गर्न सुझाव दिए ।
यस्तै नेपाल मेडिसिटि बयोधा अस्पतालका प्रमुख डा. विजय रिमालले नेपालमा मुटु रोगीहरुको संख्या वृद्धि भईरहेकोमा चिन्ता व्यक्त गरे । उनले मुटु सम्बन्धी रोगको हरेक उपचार वीरगंजमा सम्भव पार्न आफूहरु लागि परेकोले यस कार्यमा सबैको सहकार्यको आवश्यकता रहेकोले सम्बन्धित निकायसँग सहयोगको अपेक्षा गरेको बताए ।
यसरी नै भारतीय महावाणिज्य दुतावास वीरगंजका शैलेन्द्र सिंहले मुटु स्वास्थ्य राख्नका लागि एकदिन मात्रै व्यायाम गरेर नपुग्ने भन्दै दैनिक आधा घण्टा भएपनि हिड्न आग्रह गरे । यता दौड प्रतियोगितामा ईश्वर रिजाल प्रथम, नारायण जि.सी. दितीय र धान सिंह चुनारालाई तृतीय भएका छन् । उनीहरुलाई विभिन्न पदक प्रदान गर्नुका साथै २५ हजार रुपैयाको पुरस्कार समेत वितरण भएकाे अस्पतालका सहायक बजार प्रबन्धक ईमामुल हक अन्सारीले जानकारी दिए ।

नेपाल मेडिसिटी बयोद्या अस्पतालका सहायक उपाध्यक्ष विजय रिमालको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल भारत सहयोग मन्चका अध्यक्ष एवंउद्योगी अशोक वैद्य,भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमार, क्वेस्ट फर्मास्युटिकल्सका अनिल जैसवाल, वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जैसवाल, नेपाल मेडिसिटी बयोद्या अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. राज राणा लगायतको उपस्थिती रहेको थियो ।

मुटु दिवसकै अवसरमा अस्पतालले गत आइतबारदेखि निःशूल्क रुपमा मुटुको परीक्षण पनि गरीरहेको छ । निःशूल्क मुटु परीक्षण शुक्रबार सम्म सञ्चालन हुनेछ ।

२०७९ आश्विन १३, बिहीबार १३:४३ गते 1 Minute 112 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार