२०८० आश्विन ५ शुक्रबार

गहवामाई मन्दिरमा बिहानै देखि पशुपक्षीको बलि चढाउने भक्तजनको भीड

काठमाण्डौ – वीरगञ्जको ऐतिहासिक गहवामाई मन्दिरमा आज महाअष्टमीका दिन बिहानै देखि पशुपक्षीको बलि चढाउने भक्तजनको भीड लागेको छ ।

गहवामाई मन्दिरका मूल पुजारीले आइतबार मध्यरातमा धार्मिक परम्परा र विधिअनुसार पूजाआर्चना गरेर पञ्चबलि दिइसकेपछि मात्र श्रद्धालुहरूले भाकल गरेको पशुपक्षीको बलि दिने कार्य बिहानदेखि सुरु भएको हो ।

गहवामाई मन्दिरमा बलि चढाउने, महिलाले देवी दुर्गा भवानीको ‘खोइछ’ (पोल्टा) भर्ने र पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ ।

यस मेलामा माईको मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनको हातमा प्रसाद स्वरूप नरिवल, लड्डु र फूलमालासँगै माईलाई ओढाउने चुन्दरी लिएर दर्शनका लागि लामबद्ध भएर उभिएको दृश्य आकर्षक देखिन्छ । गहवामाई मन्दिरमा बलि चढाउदा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

२०७९ आश्विन १७, सोमबार १४:२५ गते 1 Minute 93 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार