
वीरगंज – सशस्त्र प्रहरीले १७४ दिन सम्म अबैध रुपमा नेपालमा बसेका भारतिय नम्बरकाे मारुती सुजुकी कार नियन्त्रणमा लिएकाे छ । सशस्त्र प्रहरी बल बाेर्डर आउट पाेष्ट वीरगंजले बिआर ०४ एन २९५५ नम्बरकाे सेताे रंगकाे मारुती सुजुकी कार नियन्त्रणमा लिएकाे हाे ।
वुधवार बिहान ९:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार रोडस्थित खटिएको ७ जनाको गाडी मोबाईल टोलिले साे मारुती सुजुकी कार नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक संताेष कुमार बस्नेतले जानकारी दिए ।
कार सोहि स्थानमा छोडी सवारी चालक भागेकोले उक्त गाडी चेकजाँच गर्दा मिति २०७८/१२/१३ गते देखि मिति २०७८/१२/१३ गते सम्म वीरगंज भन्सार कार्यालय पर्साबाट प्रज्ञापन पत्र बनाई नेपाल प्रवेश गरी १७४ दिन सम्म अबैध रुपमा नेपालमा बसेको पाईएको हुँदा नियन्त्रणमा लिइएकाे सुचना अधिकारी बस्नेतले बताए ।
नेरु २७ लाख पर्ने उक्त कार नियन्त्रणमा लिई विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको बस्नेतले जानकारी गराए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।