२०८० आश्विन ५ शुक्रबार

जसपा अनुपस्थित भए पछि सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौं – सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भए पछि सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए ।

दिउँसोसम्म जसपालाई कुर्ने र जसपाले निर्णय नदिए चार दलबीच भागवण्डा गर्ने र संगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि चुनावी सहकार्यमा छलफल सुरु गर्ने प्रस्ताव राखिएको श्रोतले जनाएको छ ।जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एक नेताका अनुसार २२ सिटमा एमाले र जसपाबीच सहमति भएको छ ।

२०७९ आश्विन २१, शुक्रबार १२:३१ गते 1 Minute 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार