२०८० फाल्गुन १५ मंगलवार

बारामा २० केजी चरेस सहित तीन जना पक्राउ

वीरगंज – बाराबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेस सहित तीन जनालाइ पक्राउ गरेको छ । भारतसंग सीमा जोडिएको बाराकाो बेनौली गाँउबाट सशस्त्र प्रहरीले लागूऔषध चरेस २० किलो सहित तीन जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १९ नगवा घर भएका ३० बर्षिय मुकेश श्रीवास्तव, वीरगन्ज २ छपकैया घर भएका १६ बर्षिय मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका १ घर भएका ३७ बर्षिय मुस्तान देवान रहेका छन् ।

बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनोली स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट शुक्रबार बिहान खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट चरेस बोकेर आउदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

चरेस सहित पक्राउ परेका तीनै जनालाइ कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडामगरले बताए ।

२०७९ आश्विन २१, शुक्रबार १५:३५ गते 1 Minute 115 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार