२०८० आश्विन ६ शनिबार

पर्सामा १ को ( क ) बाट जन्नत अन्सारीको स्वतन्त्र उम्मेदवारी दर्ता

वीरगंज – पर्साकाे क्षेत्र नम्बर १ को ( क ) बाट प्रदेश सभा सदस्यमा जन्नत अन्सारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका अन्सारीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७४ काे निर्वाचनमा यहि क्षेत्रबाट प्रदेशसभामा तत्कालीन संघीय समाजवादी फाेरम हालकाे जसपाबाट उनी निर्वाचित भएका थिए।

जसपा एमाले गठबन्धनबाट याे क्षेत्रमा एमालेका विचारी यादवले टिकट पाएका छन् ।

अन्सारीले जसपा पार्टीले गठबन्धन गरेर एमालेलाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवार हुनु परेको बताए ।
उनले विगतमा गरेको कामको मुल्यांकन गरेर जनताको चाहना अनुसार उम्मेदवार बनेको बताए ।

२०७९ आश्विन २३, आईतवार १३:३० गते 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार