२०८० आश्विन ६ शनिबार

पर्सा क्षेत्र नम्बर २ ‘ख’ बाट रुपेशमान सिंहको स्वतन्त्र उम्मेद्वारी दर्ता

वीरगंज – समाजसेवी एवं युवा नेता रुपेशमान सिंह श्रेष्ठले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ (ख) बाट श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गर्दै श्रेष्ठले कसैको दवाबमा नपरी स्वतन्त्र भएर जनताको काम गर्न आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको प्रतिकृया दिए । आफू सबैको साझा उम्मेद्वार भएको भन्दै उनले कुनै पनि दल र गठबन्धनमा नलागी स्वतन्त्र उम्मेद्वारी दिएको श्रेष्ठको प्रतिकृया थियो ।

उम्मेदवारी दर्ता गराउन श्रेष्ठ दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । वीरगंज वडा नम्बर १ का स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ वीरगंज कै पुरानो मध्येको त्रिजुद्ध माम विद्यालयको व्यवस्थापन समितिमा रहेर एक दशक देखि शैक्षिक सुधारको क्षेत्रमा पनि क्रियाशिल छन् ।

२०७९ आश्विन २३, आईतवार १९:५५ गते 1 Minute 314 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार