२०८० फाल्गुन १० बिहीबार

पर्सा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा गौरीशंकर साहकाे उम्मेदवारी दर्ता

वीरगंज – जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि नेता गौरीशंकर साहले प्रदेशसभा सदस्यका लागि नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका छन् ।

पर्साको बिन्दबासिनी गाँउपालिका २ गर्दौल निवासी साहले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । जसपा र एमाले बिचको गठबन्धनमा उक्त क्षेत्र जसपाको भागमा परे पनि प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेकी मधु गुप्तालाई प्रदेश सभामा टिकट पाए पछि नेता साहले नेपाल सुशासन पार्टीबाट उम्मेदवारी दिएका छन् ।

पार्टीमा रहेर लामो समय काम गरिसकेका साहले जसपाको अधिनमा बसेर जनताको सेवा गर्न नसकिने भएकाले उक्त पार्टी परित्याग गरी नेपाल सुशासन पार्टी भएर उम्मेदवारी दिएको बताए । जसपाका प्रदेश कमिटी सदस्य समेत रहेका साहले आफनो क्षेत्रका जनताको माग र चाहना अनुसार पनि आफुले उम्मेदवारी दिएकाले जित सुनिश्चित रहेको बताए ।

२०७९ आश्विन २३, आईतवार २१:४३ गते 1 Minute 206 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार