२०७९ मंसिर १७ शनिबार

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंहको निधन

काठमाण्डौ – उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संरक्षक मुलायम सिंह यादवको निधन भएको छ ।

सोमबार बिहान ८.१६ बजे यादवको निधन भएको उनका छोरा अखिलेश यादवले जानकारी दिएका छन् । उनी ८२ वर्षका थिए । मुलायम सिंह गुरुग्रामको मेदान्त अस्पतालमा भेन्टिलेटरमा थिए ।

गत आइतबारदेखि उनको अवस्था चिन्ताजनक रहेको थियो । मुलायम सिंह यादवको निधनपछि सपा कार्यकर्तामा शोकको लहर छाएको छ ।

पहलवान र शिक्षक रहेका मुलायमले लामो राजनीतिक पारी खेलेका छन् । उनी तीन पटक भारतको उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए भने  केन्द्रमा रक्षामन्त्री  बनेका थिए ।

२०७९ आश्विन २४, सोमबार १०:५७ गते 1 Minute 60 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?