
वीरगञ्ज – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार रमेश रिजालले ट्याक्टर दुर्घटनामा परि घाइते भएका पलट महतोको अस्पतालमै पुगेर स्वास्थ्य अवस्था बुझेका छन् ।
आइतबार उम्मेद्वारी दर्ताका लागि निस्केको र्यालीमा सहभागी भएका जिराभवानी गाउँपालिका ३ का पलट महतो ट्याक्टर दुर्घटनामा पर्दा घाइते भएका थिए ।
उनको अहिले वीरगञ्ज स्थित तराई अस्पतालमा उपचार भइरहेको छ ।
महतोको स्वास्थ्य अवस्था बुझ्दै नेता रिजालले उपचारमा कुनै कमी नगर्न चिकित्सकलाई आग्रह गरे । कुनै समस्या परे आफू रहेको भन्दै उनले उपचारमा कुनै कमी नगर्न आग्रह गरेका हुन् ।
घाइते महतोको स्वास्थ्य अवस्था बुझ्न नेता रिजालसँगै क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्य उम्मेद्वार शंकर चौधरी पनि सँगै पुगेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।