
वीरगंज – नेपाली कांग्रेस क्षेत्र नं १ काे आयोजनामा सोमवार रोयल पार्टी प्यालेसमा अगुवा कार्यकर्ताहरुकाे भेला सम्पन्न भएकाे छ। पर्सा क्षेत्र नं १( ख ) का उम्मेद्वार रामनारायण कुर्मीलाई जिताउन रणनीति बनाउन आयोजित सो भेलामा उपस्थित भएका अधिकांश वक्ताहरूले भ्रष्टाचारमा लिप्त मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई हराउन सबै कार्यकर्ताहरु तन,मन,धनले एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।
बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले वर्तमान मुख्यमन्त्री लालबावु राउतलाई हराउन कुनै ठूलो चुनौती नभएको बताए । मुख्यमन्त्री हुनुभन्दा पहिला नगरपालिकाकाे निलम्बित कर्मचारी भएकाे चर्चा गर्दै प्रदेश सभामा जितेपछि मुख्यमन्त्री भएको तर यसपटक राउतलाई हराउन सम्पूर्ण बिरगंजबासीहरु लागि पर्ने आलमले बताए ।
सो कार्यक्रममा संविधान सभा सदस्य एवं नेता अनिल रुंगटा, ने.का मधेस प्रदेश सदस्य प्रेम शंकर सिंह,क्षेत्रीय सभापती अरबिन्द गुप्ता,ने.का प्रदेश १(क) सभापति अनिल सिंह, पुर्व क्षेत्रीय सभापती बिजय सरार्फ लगायत महाधिवेशन प्रतिनिधि एवं निर्वाचित वडा अध्यक्ष, बुथ सभापति लगायत अगुवा कार्याकर्ताहरुको उल्लेखनीय उपस्थित रहेको थियोे ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepaliprofile.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।